बुधबारसम्म वर्षाको सम्भावना

देशको प्राय भूभागमा भोलि देखि बुधबारसम्म वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । अरेबियन पेनिन्सुलामा न्यून चाप प्रक्रियाको प्रभावका कारण अव्यवस्थित मौसम देखिने विभागले हिजो एक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको हो।
أجواء غير مستقرة مع توقعات أمطار رعدية أحياناً خلال الفترة مابين السبت إلى الأربعاء. #قطر #لأجل_قطر_كلنا_في_البيت
Unsettled weather with a chance of rain thundery at times during the period from Saturday to Wednesday. #Qatar #forqatarstayhome pic.twitter.com/0GhK0RKKBP— أرصاد قطر (@Qatar_Weather) April 16, 2020
विभागको अनुसार बुधबारसम्म मौसम आंशिक बदली देखि पुरै बदली भई कडा हावाहुरी संगै केही स्थानमा असिना सहितको वर्षा हुनसक्ने देखिएको छ।
विभागले यस अवधिभर समुद्री क्रियाकलाप गर्न अघि आधिकारिक सामाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।