एआरटीको परीक्षण गरिने

कतारमा एक नयाँ किसिमको सवारी परीक्षण हुने भएको छ । देशको सम्पूर्ण भूभागमा यातायात सेवाको पहुँच पुर्याउन विश्वस्तरीय सवारी एआरटीको परीक्षण गर्न लागेको यहाँको सूचना तथा यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार परीक्षण अर्को हप्ता देखि अल खोरमा गरिने भएको छ ।
MOTC starts a trial for Automatic Rapid Transit System (ART) pic.twitter.com/z2wcqrv64P
— المواصلات والاتصالات (@MOTC_QA) July 10, 2019
के हो एआरटी ?
अटोमेटिक रेपिड ट्रान्जिट भनिने यस बिल्कुलै नयाँ किसिमको सार्वजनिक सवारी बस र रेलको विशेषताले बनेको छ । सामान्यतया एक सहर बाट अर्कोमा जान प्रयोग गरिने यो विद्युतीय सवारी हो । यसलाई चीनले पहिलो पटक सन् २०१७ देखी संचालनमा ल्याएको थियो । परीक्षण सफल भएको खण्डमा यसलाई संचालनमा ल्याउने कतार विश्वकै दोस्रो राष्ट्र हुनेछ ।
संचालन पश्चात कतारमा रहेका तथा विश्वकप हेर्न आउने दर्शकमाझ यो नयाँ अनुभव पनि हुनेछ ।