कोरोनाभाइरस : कतारमा संक्रमितको संख्या ५ हजार नाघ्यो

आज नयाँ ३४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको , ४६ जनालाई निको भएको र एक जनाको मृत्यु भएको यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५००८ पुगेको छ ।
आज मृत्यु हुने ५८ वर्षिय व्यक्ती रहेका छन् । उपचारकै क्रममा उनलाई हृदयघात भएको थियो ।
हालसम्म ५१० जना निको भएर घर फर्किएका छन् ।त्यस्तै जम्मा ४४९० जना उपचारत छन् । आज सम्म ६०१३९ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा ८ जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/55QFBLpDhI
— وزارة الصحة العامة (@MOPHQatar) April 18, 2020
आज थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु हुन् जसमध्ये धेरैजसो आप्रवासी नागरिक रहेका छन् । सरकारले कुन देशका कति मानिसमा संक्रमण देखिएको तथ्यांक सार्वजनिक भने गरेको छैन ।
कतार लगायत खाडी मुलुकमा भाइरसको स्थिति उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।