आज ५६७ जनामा भाइरस देखियो, एकको मृत्यु
आज नयाँ ५६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। साथै ३७ जनालाई निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ६०१५ पुगेको छ ।
आज मृत्यु हुने ५६ वर्षिय नागरिक रहेका छन् । उनी पुरानै श्वासप्रश्वास सम्बन्धी रोग बाट ग्रसित थिए ।
हालसम्म ५५५ जना निको भएर घर फर्किएका छन् ।त्यस्तै जम्मा ५४५१ जना उपचारत छन् । आज सम्म ६४६२० जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा ९ जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/69gqnglf9C
— وزارة الصحة العامة (@MOPHQatar) April 20, 2020
आज थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु हुन् जसमध्ये धेरैजसो आप्रवासी नागरिक रहेका छन् । सरकारले कुन देशका कति मानिसमा संक्रमण देखिएको तथ्यांक सार्वजनिक भने गरेको छैन ।
कतार लगायत खाडी मुलुकमा भाइरसको स्थिति उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।