सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउन तयार छौँ

त्रिवेणी कात्तिक ३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने बताउनुभएको छ । पार्टीको जिल्ला भेलामा सहभागी हुन आज रुकुम पश्चिम आईपुग्नुभएका परियारले पत्रकारसँग भन्नुभयो, “कानुनी प्रक्रियालाई सघाउन तयार छौँ । कुनै व्यक्ति तथा संस्थाउपर रिस भने साँध्न हुन्न ।”

पार्टीका मुख्यमुख्य गतिविधि सञ्चालन भइरहने र तोकिएका जिल्ला भेला र महाधिवेशनका कार्यक्रमहरू भने अर्को सूचना नहुन्जेल स्थगित गरिएको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button