आज थप ६०८ जनामा भाइरस देखियो,एकको मृत्यु

आज नयाँ ६०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको, ७५ जनालाई निको भएको  र एक ५५ वर्षिय व्यक्तिको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ७१४१ पुगेको छ ।

हालसम्म ६८९ जना निको भएर घर फर्किएका छन् ।त्यस्तै जम्मा ६४४२ जना उपचारत छन् । आज सम्म ७००१२ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।

 

आज थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु हुन् जसमध्ये धेरैजसो आप्रवासी नागरिक रहेका छन् । सरकारले कुन देशका कति मानिसमा संक्रमण देखिएको तथ्यांक सार्वजनिक भने गरेको छैन ।

कतार लगायत खाडी मुलुकमा भाइरसको स्थिति उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button