सरकारले रमादान महिनाको लागि कार्यसमय तोक्यो

कयुएनए
कतारको न्याय तथा मन्त्रिमण्डल मामिला मन्त्रालयले आज सूचना प्रकाशित गर्दै यो वर्षको रमादान महिनाको लागि कार्य समय तोकेको छ। सरकारले अप्रिल २४ देखि सुरु हुने पवित्र रमादान महिना भर सरकारी कार्यालय,मन्त्रालय,तथा अन्य सरकारी निकायको लागि कार्य समय तोकेको हो।
सूचना अनुसार रमादान १४४१ ए एच महिना अवधिभर सरकारी कार्य समय बिहान ९ बजे बाट दिउँसो १ बजे सम्म तोकिएको छ ।
The Cabinet decided the official working hours during Ramadan for the year 1441 AH will be for employees and workers as follows:
A – The government sector is 4 hours, starting from 9:00 am until 1:00 pm.
B – The private sector is 6 hours, starting from 9:00 am until 3:00 pm. #QNA— Qatar News Agency (@QNAEnglish) April 22, 2020
निजी संस्थाको लागि
कतारी श्रम कानून अनुसार रमादान महिनामा सुरक्षा गार्ड,अस्पताल जस्ता संवेदनशील क्षेत्रमा कार्यरत कामदार बाहेक रोजा नबस्ने मुस्लिम तथा गैर मुस्लिम सबै कामदारहरूले दिन वा रात गरेर जम्मा ६ घण्टा (बिहान ९ देखि ३ बजे सम्म ) काम गर्नुपर्ने कतारी श्रम कानूनमा उल्लेख छ। रोजा बस्ने कामदारहरुले भने जम्मा ६ घण्टा मात्र काम पाउनेछन्। यो साविकको कार्य समय भन्दा २ घण्टा कम हो। त्यस्तै अत्यावश्यक कामको स्थितिमा थप २ घण्टा ओभरटाइम दिने हिसाबले निजी संस्थाहरुले कामदारलाई काम लगाउन पाउनेछ।
दिनको जम्मा ६ घण्टा बढी काम लगाई ओभरटाइम नदिएको खण्डमा कामदारले श्रम उजुरी विभागमा गएर निवेदन दिन पाउनेछन् ।
नियम लागू नहुने क्षेत्र
फुडस्टोर,फार्मेसी,डेलिभरी गर्ने रेस्टुरेन्ट र कन्ट्र्याक्टिङ क्षेत्रमा भने यो नियम लागु नहुने मन्त्रालयले बताएको छ ।
कहाँ उजुरी गर्ने ?
उजुरी निम्न कार्यालयमा गएर पेश गर्नुपर्नेछ :
- दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग
- औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय
- अलखोरमा रहेको मन्त्रालयको कार्यालय
- निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालय।
- श्रम मन्त्रालयको हटलाइन नम्बर १६००८ ।
सरकारी केन्द्र बाट उजुरीको समाधान गर्न ढिलासुस्ती भए अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को कार्यालयमा गएर उजुरी दिन सकिनेछ।
कहाँ छ आईएलओको कार्यालय ?
कतार टावर, वेष्ट बे, दफ्ना, बिल्डिङ नम्बर ३५, जोन ६३, स्ट्रीट नम्बर ९२० मा रहेको छ ।