१७ नेपालीले पाए आममाफी

कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुले आममाफी पाएका छन् ।
अमिर शेख तमिम बिन हमाद अल थानीद्वारा कोरोना भाइरसको महामारीको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीहरुलाई आममाफी दिने निर्णयमा ती नेपाली नागरिकलाई आममाफी दिईने कतारस्थित नेपाली दूतावासले जानकारी दिएको हो ।
रिहाई हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका छन् ।