नेपाली श्रमिकको चिन्ता लिनु पर्दैन – कतारका प्रधानमन्त्री

कतार सरकारले कतारमा रहेका नेपाली श्रमिकको बारेमा चिन्ता नलिन आग्रह गरेको छ ।
आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन संवादमा कतारका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजीज अल थानीले कोरोनाको संक्रमणका कारण नेपालीलाई कुनै पनि समस्या पर्न नदिने प्रतिबद्धता जनाएका छन् ।
कतारमा रहेका नेपालीहरूका बारेमा चिन्ता नलिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा उल्लेख गरेका छन् ।
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।— K P Sharma Oli (@kpsharmaoli) April 23, 2020
फोन संवादको क्रममा नेपालका प्रधानमन्त्री ओलीले समकक्षी थानीलाई कतारमा विभिन्न आरोपमा गिरफ्तार १७ जना नेपालीलाई रिहाई गरेकोमा धन्यवाद पनि छन्।