कतारमा संक्रमण बढ्दो, आज ८३३ जनाको रिपोर्ट पोजेटिभ

आज मिती २०७७ बैशाख १३ गते, शनिबार २०२० अप्रिल २५ तारिख, रमदानको दोश्रो दिन ।
आज कतारमा ३,८१७ जनामा जाँच गर्दा थप ८३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने १२० जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ९,३५८ पुगेको छ ।
हालसम्म ९२९ जना निको भएर घर फर्किएका छन् भने जम्मा ८,४१९जना उपचारत छन् । आज सम्म ७९,७०५ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।
यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।