"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कोरोना भाइरस : कतारमा निको हुनेको संख्या हजार कट्यो

आज मिती २०७७ बैशाख १४ गते, आइतवार २०२० अप्रिल २६ तारिख, रमदानको तेश्रो दिन ।
आज कतारमा पछीलो २४ घण्टामा २,५८४ जनामा जाँच गर्दा थप ९२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने ८३ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १०२८७ पुगेको छ । यो संख्या हाल सम्मकै उच्च हो ।

हालसम्म १,०१२ जना निको भएर घर फर्किएका छन् भने ९,२६५ जना उपचारत छन् । आज सम्म ८२,२८९ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।

अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने

यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।
यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।

निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने

निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।

रमदान महिना भर

याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button