कोरोना भाइरस : कतारमा थप ९५७ संक्रमित भेटिए

आज मिती २०७७ बैशाख १५ गते सोमबार २०२० अप्रिल २७ तारिख, रमदानको चौथो दिन ।
आज कतारमा पछीलो २४ घण्टामा ३,४२० जनामा जाँच गर्दा थप ९५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने ५४ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ११,२४४ पुगेको छ । यो संख्या हाल सम्मकै उच्च हो । बिगत केही दिन देखी कतारमा संक्रमण बढ्दो अवस्थामा छ ।
हालसम्म १,०६६ जना निको भएर घर फर्किएका छन् भने १०,१६८ जना उपचारत छन् । आज सम्म ८५,७०९ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/ZnnyAq8auG— وزارة الصحة العامة (@MOPHQatar) April 27, 2020
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।
यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
रमदान महिना भर
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।