बिज्ञापन

ब्रिटेन्स गट ट्यालेन्टमा भिम निरौला, गाए सन्डे मर्निङ लभ यू

केही समय अगाडी “सन्डे मर्निङ लभ यू”  बोलको गीत गाएर चर्चामा आएका भिम निरौलाले बेलायतको चर्चित रियालिटी शो “ब्रिटेन्स गट ट्यालेन्ट” मा पनि सहभागिता जनाएका छन् । बेलायतमा संचालन भईरहेको उक्त शोमा उनले सोही गीत गाएका थिए । कार्यक्रममा गीत गाउँदै गर्दा हलमा भरिएका दर्शकहरुले निकै मनोरञ्जन लिएका थिए ।

त्यतीमात्र होईन ३ जना जर्जमध्ये अमाण्डा होल्डेन र डेभिड विलियम्सले निरौलाको प्रस्तुतीमा निकै मनोरञ्जन लिएका थिए भने अर्का जर्ज साइमनले भने निरौलाले गाएको केही सेकेण्डमा नै बर्जर दबाएका थिए । २ जर्ज तथा दर्शकहरु समेत निरौलाको प्रस्तुतीमा झुमेको देखेर कोवेल भने छक्क थिए ।

दर्शकदिर्घबाट ताली गुञ्जिएसंगै उद्घोषकहरु पनि झुमेका थिए । निरौला अहिले बेलायती मिडियामा “सिक्रेट युट्युब एण्ड रियालिटी स्टार” को रुपमा परिचित भएका छन् । निरौला धनकुटामा जन्मिएका हुन् । उनले ५ दर्जनभन्दा बढी गीत गाइसकेका छन् । निरौलाले “सन्डे मार्निङ लभ यू” गीत सन् २०१३ मा युट्युबमा अपलोड गरेका थिए । – मिडनेपालन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button