ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीलाई पक्राउ गरिनुको कारण २४ घण्टाभित्र पेश गर्न आदेश जारी गरेको छ ।

ज्ञानेन्द्र शाहीका तर्फबाट अधिवक्ता ईन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रयास फुयालको आइतबारको इजालाशले शाहीलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेश गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर समेतका नाममा आदेश जारी गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले गत मंगलबार शाहीलाई पक्राउ गरेको थियो । लकडाउन उल्लंघन गरेको तथा प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्याद थप गरी अहिले प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button