कोरोना महामारीबाट मुक्त हुन अझै धेरै समय लाग्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसले निम्त्याएको महामारीबाट मुक्त हुन अझै धेरै समय लाग्ने जनाएको छ ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससका अनुसार कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै धेरै टाढा रहेको र निकै लामो दूरी पार गर्नसंगै थुप्रै काम गर्न बाँकी नै रहेको एक पत्रकार सम्मेलनमा बताएका छन् ।
कोरोना भाइरसले गर्दा अहिले मानिसहरुले सामान्य स्वास्थ्य सेवा समेत पाउन कठिन भएको छ । बालबालिकाहरूले समयमा नै खोप लगाउन पाएका छैनन् । यस्तो समस्या विशेष गरी गरीब देशमा रहेको डब्ल्यूएचओको प्रमुखले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो