कतार एयरवेजको कार्गोमा आज अाइपुगे १६५ होलस्टाइन गाई

चार खाडी मुलुक साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले जारी राखेको नाकाबन्दीका माझ कतारले आफ्नो देशमा दुग्ध आपूर्ति बढाउन पहिलो चरण अन्तर्गत १६५ होलस्टाइन गाई जर्मनीबाट दोहा ल्याएको छ ।
कतार एयरवेजको कार्गो विमानबाट बुडापेष्ट हुँदै मंगलबार ती गाई दोहा अाइपुगेका हुन् । बिभिन्न चरण गरी कुल चार हजार त्यस्ता गाई अझै विमानबाट दोहा आयात गरिनेछ भने कतारको दुग्ध मागको एक तिहाई यी गाईले पूर्ति गर्न सक्नेछन् ।
