आज ६७७ जनामा भाइरस देखियो

आज मिती २०७७ बैशाख १६ गते मंगलवार, २०२० अप्रिल २८ तारिख, रमदानको पाँचौ दिन ।
कतारमा पछीलो २४ घण्टामा २,८९८ जनामा जाँच गर्दा थप ६७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने ६८ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ११,९२१ पुगेको छ ।
हालसम्म १,१३४ जना निको भएर घर फर्किएका छन् भने १०७७७ जना उपचारत छन् । आज सम्म ८८६०७ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/8jZmlH2Ynt— وزارة الصحة العامة (@MOPHQatar) April 28, 2020
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।
यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
रमदान महिना भर
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।