बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना, नेपाली संक्रमितको संख्या १२६ पुग्यो

बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चारवटा कम्पनीमा कार्यरत थिए ।

एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको र उनीहरुको स्वास्थ्य उपचार भइरहेको  बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले  मंगलबार एक सूचना जारी गर्दै बताउनु भएको छ ।

४९ जना  संगै थप नयाँ ७७ नेपाली  संक्रमित थपिए संगै  बहराइनमा कुल कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ पुगेको छ ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button