अरब कपको खेल हेर्न फ्यान आईडी नचाहिने

कतारमा आयोजना भैरहेको फिफा अरब कप प्रतियोगिताको खेल हेर्न फ्यान आईडी नचाहिने भएको छ ।
सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले प्रतियोगिताको लागि अनिवार्य गरिएको हे’या कार्डको पहिलो चरणको प्रोजेक्ट सकिएको बताएको छ । कमिटीले अब फ्यान आईडी नछाप्ने बताएको छ ।
प्रतियोगिताको बाकी खेल हेर्न अब टिकट र एह्तेराज एपमा खोप लगाएको गोल्डेन फ्रेम देखाए मात्र पुग्नेछ। त्यस्तै १२ वर्ष भन्दा मुनिका बालबालिकालाई नेगेटिभ पिसिआरको रिपोर्ट चाहिनेछ ।
अर्को वर्ष कतारमै आयोजना हुने फिफा विश्वकपमा फ्यान आईडीको प्रभावकारीता बारे परिक्षण गर्न कमिटीले जारी प्रतियोगितामा यसको प्रयोग गरेको थियो । विश्वकप तथा ठुला खेल आयोजना गर्ने अन्य देशले फ्यान आईडीको प्रयोग गर्ने गरेको छ । वितरण सुस्त हुँदा अरब कपको दर्शकको लागि कार्ड झन्झटको विषय बनेको थियो ।
फ्यान आईडी प्रयोग गर्ने सबै दर्शक र सरोकारवालामा कमिटीले धन्यवाद व्यक्त गरेको छ ।
यसअघि नै फ्यान आईडी लिईसकेका दर्शकले खेल हेर्न जाँदा निशुल्क मेट्राे र बसको सेवा लिन पाउनेछन् ।
One Comment