वक्रास्थित दुई कम्पनी कारबाहीमा

मास्कको प्रयोग बिना कामदारलाई काममा लगाउने दुई कम्पनी कारबाहीमा परेको छ ।

कोरोनाभाइरस विरुद्ध सरकारले अनिवार्य गरेको मास्क प्रयोगको नियम अनुरुप प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले गर्दै आइरहेको निरीक्षणमा वक्रास्थित दुई निर्माण कम्पनीले हिजो नियम उल्लंघन गरेको पाईएको हो । मन्त्रालयले कम्पनीको नाम भने सार्वजनिक गरेको छैन ।

“वक्रास्थित दुई कम्पनीले सरकारले जारी गरेको अनिवार्य मास्क प्रयोगको नियम उल्लंघन गरेको छ । ती कम्पनीको सम्बन्धित कर्मचारीलाई पक्राउ गरि कानूनी कारबाही अगाडी बढाईएको छ “, मन्त्रालयले हिजो एक वक्तव्यमा भनेको छ ।

निर्माणाधिन क्षेत्रमा काम गर्ने सम्पुर्ण कामदारलाई मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ । सरकारले हालसालै जारी गरेको यस नियम उल्लंघन गर्नेलाई १९९० को सरुवा रोग नियन्त्रण कानून नम्बर १७ बमोजिम तीन वर्ष सम्मको जेल सजाय वा दुई लाख रियाल जरिवाना हुनसक्ने मन्त्रालयले बताउँदै आएको छ ।

कार्यस्थल तथा बासस्थानमा कामदारको सुरक्षा विपरीत हुने नियम उल्लंघनको उजुरी  गर्न मन्त्रालय ४०२८०६६० नम्बरको हटलाइन सेवा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button