कतारमा कोरोना : आज ८४५ जनामा भाइरस देखियो

कतारमा पछिल्लो २४ घण्टामा ३,०८५ जनामा जाँच गर्दा थप ८४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने १२९ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १३,४०९ पुगेको छ ।
हालसम्म १,३७२ जना निको भएर घर फर्किएका छन् भने १२,०२७ जना उपचारत छन् । आज सम्म ९४,५०० जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/u86390HFcR— وزارة الصحة العامة (@MOPHQatar) April 30, 2020
नेपालमा के छ अवस्था ?
(यो समाचार तयार पार्दा सम्म कुल संक्रमित र मृत्युहुने को संख्या )
गल्फमा कहाँ कती भए
(यो समाचार तयार पार्दा सम्म कुल संक्रमित र मृत्युहुने को संख्या )
१-साउदी अरेबिया——- २१,४०२ / मृतक संख्या १५७
२-कतार —————- १३,४०९/मृतक संख्या १०
३-संयुक्त अरब इमिरेट्स- ११,९२९ /८९
४-कुवेत—————– ३,७४० /मृतक संख्या २४
५-बहराइन ————- २,९२१ /मृतक संख्या ८
६-ओमान —————२,३४८ / मृतक संख्या १०
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
रमदान महिना भर
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।