अस्पतालको टेन्ट भत्किदा २३ जना घाइते

हिजो बेलुका ७२ किलोमिटर प्रती घन्टाको कडा हावाहुरी संगै आएको वर्षाले अल रैयानस्थित हज्म मेबैरिक अस्पतालको दुई वटा टेन्ट भत्किएको छ । हालसालै बिस्तार गरि सन्चालनमा आएको उक्त अस्पतालमा कोरोना भाइरसको बिरामीको उपचार भैरहेको थियो ।
टेन्ट भत्किए पनि तत्कालै सबै बिरामीलाई रस्लाफानस्थित एक अस्पतालमा सारिएको मन्त्रालयले बताएको छ । हिजोको घटना बाट अस्पतालको २३ जना कर्मचारी सामान्य घाइते भएका छन् र हाल उनीहरुको उपचार भैरहेको छ । मन्त्रालयको अनुसार अन्य कोहि पनि बिरामी घाइते भएका छैनन् ।
Ministry of Public Health says a storm with 72 kilometer per hour winds and heavy rain caused two expansion tents at Hazm Mebaireek General Hospital (HMGH) to collapse #QNA
— Qatar News Agency (@QNAEnglish) April 30, 2020
बिरामीको स्वास्थ्य उपचार र सुरक्षाको मामिला मन्त्रालयले गम्भीरतापूर्वक हेरेको र घटनाको पूरा छानबिन अगाडी बढाईको मन्त्रालयले बताएको छ ।