कतारमा कोरोना भाइरस : मृत्यु हुनेको संख्या बाह्र पुग्यो

आज मिती २०७७ बैशाख १९ गते शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२० मे १ तारिख, रमदानको सातौ दिन ।
कतारमा पछिल्लो २४ घण्टामा ३,२२६ जनामा जाँच गर्दा थप ६८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने ६४ जना निको भएका छन् । त्यस्तै आज २ जना संक्रमितको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ । आज मृत्युहुने पुरानो रोगबाट गर्सित एक ९६ वर्षीय र अर्का ४० वर्षीय नागरिक रहेका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १४,०९६ पुगेको छ ।
हालसम्म १,४३६ जना निको भएर घर फर्किएका छन् भने १२,६४८ जना उपचारत छन् । आज सम्म ९७,७२६ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १२ जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/a6A3moozBv— وزارة الصحة العامة (@MOPHQatar) May 1, 2020
नेपालमा के छ अवस्था ?
(यो समाचार तयार पार्दा सम्म कुल संक्रमित र मृत्युहुने को संख्या )
कुल संक्रमित ५९ जना | निको हुने १६ जना | २४,९०७ क्वारेन्टाइनमा | ९४ आइसोलेसनमा | ० मृत्यु
गल्फमा कहाँ कती भए
(यो समाचार तयार पार्दा सम्म कुल संक्रमित र मृत्युहुने को संख्या )
१-साउदी अरेबिया——- २२,७५३ / मृतक संख्या १६२
२-कतार —————- १४,०९६/मृतक संख्या १२
३-संयुक्त अरब इमिरेट्स- १३,०३८ /१११
४-कुवेत—————– ४,०२४ /मृतक संख्या २६
५-बहराइन ————- ३,०४० /मृतक संख्या ८
६-ओमान —————२४४७ / मृतक संख्या ११
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
रमदान महिना भर
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।