बिज्ञापन

अन्तर्राष्ट्रिय मजदूर दिवस र इस्लामी श्रम ब्यवस्था – रमजान अली मियां

आज में महिनाको पहिलो तारिख अर्थात में १। आजको दिनलाइ अन्तर्राष्ट्रिय मजदुर दिवसको रुपमा पनि मनाइन्छ। में महिना शुरु हुने बित्तिकै वर्षभरि चुपचाप बसेका श्रमिक अधिकारवादिहरु सल्बलाउन थाल्छन। हरेक क्षेत्रमा मजदुरहरुको अधिकार तथा रक्षाको कुरा हुन थाल्छ। तिं मजदुरहरु जस्को कारणले आज संसार उज्यालो छ, तिं मजदुर जस्का कारणले आज चारै तिर रमाइलो छ घमाइलो छ।

तिं मजदुर जस्को परिश्रमका कारण आज हामी आनन्दको जिन्दगी बिताइरहेका छौं।तिनै मजदुर जस्को रगत तथा पसिनाको बलले आज हामी समक्ष खाद्यान्न पुगिरहेको छ र जसको परिश्रम र मिहिनेतको कारण आज संसार हराभरा छ।तर बिडम्बना आज पनि यो वर्ग अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य छ। यो वर्ग हाम्रो लागि मिहिनेत गर्दै हाम्रो आरामको निम्ति आफ्नो  आराम त्याग्न बाध्य छ।

तर पनि यो बर्ग आर्थिक रुपमा अहिले पनि धेरै पछाडी रहेको पाइन्छ।यति मात्र हैन यो वर्ग झनझन पछाडि र तल झर्दै छ।मजदुरको परिश्रम र मिहिनेतको बलमा पुजिपत्तीहरु आर्थिक रुपमा अगाडि बढ्दैछन।यिनै मजदुरको नाम लिएर र  यिनकै अधिकारका निम्ति लड्छु भन्नेहरु भने बिलासी जिन्दगी बिताइरहेका छन।  मजदुरको नाम मा अर्बौं डलर खर्चिने गरिन्छ तर मजदुर आज पनि मजदुर मात्रै छ।जो समाज र समुदायमा अत्यन्तै न्युन्स्तरको जिवनयापन गर्न बाध्य छ।

इस्लामी ब्यवस्थाको अध्ययन गर्ने हो भने इस्लामले अन्य बिषयमा झै मजदुरको बिषयमा पनि निश्चित नीति निर्देशन अवलम्बन गरेको पाइन्छ। मजदुर को हुन? मजदुरको अधिकार के हो?मजदुरको कर्तव्य के हो इत्यादि।

इस्लामी ब्यवस्थाले मजदुर र श्रम बारे प्रसस्त एवं प्रष्ट रुपमा निर्देशन गरेको छ।इस्लामी बिषय मध्ये फिकाको पुस्तकमा इजाराको अध्याय अन्तर्गत फोकहाले मजदुरको कर्तव्य तथा अधिकार ब्यान गरेका छन।सामान्यरुपमा इस्लामी ब्यवस्था आफ्नो अनुसरण गर्नेहरुलाइ मिहिनेत र श्रम गर्न प्रेरित गर्दछ।फाल्टु बस्ने, श्रम तथा मिहिनेत नगर्ने ,चोरीपैठारी गर्ने र अर्काको कमाइमा रमाउने तथा आस्रित हुने कार्यलाइ घृणित सम्झन्छ।इस्लामी सिद्धान्त अनुसार यस धर्तिमा सबै भन्दा उत्तम समुह भनेको इश्वरका अनुयायीहरुको समुह हो।जुन समुहले सधैं आफ्नो मिहिनेत तथा श्रमको कमाइमा आफ्नो जिवनयापन गर्यो।अल्लाहका जति पनि सन्देष्टाहरु आए सबैले आफ्नो श्रमको कमाइ खाए।हजरत इद्रीस अलैहिस्सलाम लेखन तथा कपडा सुचिकारी गरि आफ्नो जिवनयापन गर्नु हुन्थ्यो।प्रख्यात नबी हजरत नुह अलैहिस्सलाम समुद्री जहाज तथा डुङ्गा बनाउने काम गर्दथे।वहाँले फर्निचरको काम गर्नु हुन्थ्यो।हजरत मुसा अलैहिस्सलामले आफ्ना ससुरा कहाँ ८/१० वर्ष सम्म मजदुरी गरेको इतिहास पाइन्छ।

हजरत इब्राहीम अलैहिस्सलाम कपडाको कारोबार गर्नु हुन्थ्यो।हजरत ए शोऐब अलैहिस्सलम कपडा बनाउने र बेच्ने काम गर्नु हुन्थ्यो।हजरत ए इस्माइल अलैहिस्सलाम तिर बनाउनु हुन्थ्यो र बेचबिखन गर्ने काम गर्नु हुन्थ्यो।हजरत यह्या अलैहिस्सलामले जुत्ता बनाएर तथा मर्मत गरेर आफ्नो जिवनयापन गर्नु भएको थियोे भने हजरत जकरिया अलैहिस्सलाम घर डकर्मीको काम गर्नु हुन्थ्यो।

अब जब पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लममा नबुव्वत सक्किएको अवस्था छ वहाँले ब्यवपार र ब्यवसायलाई इस्लामको एक महत्त्वपूर्ण अंग बताउनु भएको छ।यहाँ सम्म कि यसलाइ उपासनाको श्रेणीमा समावेस गर्नु हुँदै भन्नू भएको छ, कस्बुल हलाल फरिजतुम बाअदल फराइज।अनि स्वयं आफैले पनि आफ्नो बाल्यकालमा केही रकमको अतिरिक्त मक्कामा बाख्रा चराउनु भएको थियोे।(स्रोत: सहीह बुखारी-२२६२)

आफन्त र आफ्नो निकटका ब्यक्तिहरुलाइ श्रम गर्न तथा आयस्रोत प्राप्त गर्न उत्प्रेरित गर्नु भयो।अल्छिपना र बेकामे बस्नलाइ मनाही गर्नु भयो।भन्नू भएको छ जो ब्यक्ति आफ्नो हातबाट कमाएर खान्छ वास्तवमा उ पवित्र वस्तु खान्छ।

(स्रोत:सहीहुल जामेअ:१५६६)

वहाँले भन्नू भएको छ आफ्नो मिहिनेतको कमाइ र त्यो ब्यवसाय जुन धोका रहित हुन्छ त्यो नै शुद्ध परिश्रम हो।यिं  भनाइहरु बाट प्रष्ट भयो कि इस्लाममा श्रमको उच्च स्थान रहेको छ।

इस्लाममा मजदुरको अधिकार।

पैगम्बर मोहम्मद वहाँ संङ्ग अल्लाह प्रसन्न हुन् ले भन्नुभएको छ कि ए “अबुजर”तिमी आफू जे खान्छौ जस्तो खान्छौ जस्तो लगाउंछौ त्यस्तै आफ्नो अधिनमा रहेकाहरुलाइ पनि खुवाउ पहिनाउ।आफू मातहतका लाई उचित ब्यवहार गर!उनिहरुमाथी कार्यको अधिक बोझ नहाल।उनिहरुलाइ कठिन कामको भागिदार नबनाउ।यदि बनाएको छौ भने उसको सहयोग गर।स्रोत बुखारी,मुस्लिम

मजदुर र श्रमिकको बिषयमा बहस गर्ने हो भने सबैभन्दा पहिला मजदुरको ज्याला प्रष्ट गर्नु पर्ने कुरामा इस्लामले निर्दिष्ट गरेको छ।ज्याला नतोक्नु लाई इस्लामले अपराधको सङ्या दिएको छ।हजरत अबु सईद खुदरी रजि अल्लाह अन्हु भन्नू हुन्छ कि पैगम्बर मोहम्मद श्रमिकको ज्याला निर्धारण बिना श्रममा लगाउन मनाही गर्नु हुन्थ्यो।श्रमिकलाई काममा लाग्नु पुर्वक उसले आफ्नो ज्याला बारे थाहा पाउनु पर्दछ।

نهَى رسولُ اللهِ صلَّى اللهُ عليه وسلَّم عن استئجارِ الأجيرِ حتَّى يُبيَّنَ له أجرُه (التعليقات الرضية: 440/2

“( स्रोत:अत्तालीक़ात अर्रज़िया  ४४०/२)

पैगम्बर मोहम्मद (अल्लाह वहाँ बाट प्रसन्न होउन) तोके भन्दा कम ज्याला नदिनेहरु बारे कठोर रुपमा प्रस्तुत हुनु हुन्थ्यो र यस्तो कार्य गर्नेहरु लाई यसो नगर्न निर्देशन गर्नु हुन्थ्यो।निर्धारण गरे अनुसार नै ज्याला दिन आदेश गर्दै भन्नू हुन्छ

أعطوا الأجيرَ أجرَه قبل أن يجِفَّ عرَقُه  ۔ الترغيب والترهيب: 3/78

मजदुरलाई उस्को पसिना सुक्नु पुर्व नै ज्याला देउ।“(स्रोत:अत्तर्ग़ीब वत्तर्हीब: ३/७८)

यस हदीसबारे यसका बिज्ञहरुको आफ्नै कथन छ तर श्रमिकको ज्याला प्रवाह गर्न कत्तिपनी ढिला गर्नु हुन्न भन्ने सन्देश यसबाट प्रष्ट हुन्छ।यसैगरी बुखारी शरीफमा उल्लेख गरिएको छ…

ثلاثةٌ أنا خصمهم يومَ القيامةِ  رجلٌ أعطى بي ثم غدرَ ، ورجلٌ باع حرًّا فأكل ثمنَه ، ورجلٌ استأجرَ  أجيرًا فاستوفى منهُ ولم يُعْطِه أجرَه ۔ صحيح

 अल्लाहका रसुल भन्नू हुन्छ्न कि म कयामत( महाप्रलय)को दिन तीन जना विरुद्ध उभिनेछु तिं मध्ये एक त्यो ब्यक्ती हुनेछ जो कसैलाइ श्रममा लगाएर पूरा काम अर्थात काम लिन्छ तर पुरा ज्याला दिदैन।

(स्रोत:सही बुख़ारी: २२२७)

यस हदीसमा तिं मालिकहरुको निम्ति कठोर चेतावनी उल्लेख गरिएको छ जो श्रमिकको अधिकार हनन गर्दछन।

आज त यस्तो अवस्था छ कि ज्याला समयमा त के अनि पूरा त कहाँ हो कहाँ यहाँ त श्रमिकको पूरा ज्याला सहित अधिकार नै हड्पिने गरेको पाइन्छ।आज हाम्रो समाजमा ब्याप्त समस्या भनेको हाम्रो श्रमिक वर्ग हामी बाटै शोषित छ।हाम्रो देशको श्रमजीवी वर्ग हाम्रो कारण अनेकौं श्रम सम्बन्धि समस्या बाट ग्रसित रहेको पाइन्छ।यस्ता घटना बिगत देखि आजको दिन सम्म सुन्न र देख्न पाइन्छ।तर स्मरण रहोस आज मालिकवर्गले श्रमिकको ज्याला खाए पचाए पनि भोलि कयामतको दिनमा त्यो श्रमिक आफ्नो मालिक/ मुदीरको विरुद्धमा उभिने छ।

एक पटक पैगम्बर मोहम्मदले ( अल्लाह वहाँ बाट प्रसन्न होउन) आफ्ना अनुयायीहरु संग सोध्नु भएको कि तिमीहरू लाई थाहा छ बिचरा को हो? अनुयायीहरुले भने जो संङ्ग धन सम्पत्ति हुन्न उ नै बिचारा हो! पैगम्बर मोहम्मद ले भन्नू भयो होइन वास्तवमा बिचारा उ हो जो संङ महाप्रलयको दिन धेरै पुण्य र उच्च कार्यहरुको भण्डार नै हुनेछ तर त्यस्को अतिरिक्त उसले कसैलाइ सरापेको हुनेछ, कसैको अधिकार हनन गरेको हुनेछ।कसैमाथि अन्याय गरेको हुनेछ।कसै संङ्ग अनुचित ब्यवहार गरेको हुनेछ जसको बदलामा उसले आफ्ना सत्कर्म एवं पुण्यहरुबाट भर्पाइ गर्नु पर्ने हुन्छ।जब उसको हिसाब किताब अझैं बाकी रहनेछ तर हकदावी गर्नेको लर्को बाकी नै रहनेछ तब उनीहरुको पाप तथा कुकर्म यसै मालिकको जिम्मा लगाइनेछ फलस्वरूप त्यो मालिक नर्कको भागिदार हुन पुग्नेछ।

  (स्रोत:सही मुस्लिम: 2581)

इस्लामी ब्यवस्थाले यो आदेश पनि दिएको छ कि ब्यक्तिको बल क्षमता अनुसार नै श्रमको जिम्मेवारी दिनु।कुनै पनि ब्यक्ति लाई उसको क्षमता र अनुभव भन्दा बढी कामको जिम्मेवारी नदिनु।श्रमिक संङ्ग नोकर मालिकको जस्तो व्यवहार नगर्नु

।आफ्नो मातहका संङ्ग भाइचाराको व्यवहार गर्नु।

पवित्र कुरआनमा अल्लाहले हजरत मुसा अलैहिस्सलामको मजदुरी उल्लेख गर्दै भन्नू भएको छ जतिबेला हजरत शोऐब अलैहिस्सलामले उनलाइ श्रमिकको रुपमा भर्ना गर्न चाहनु भयो:

 

وَمَا أُرِيدُ أَنْ أَشُقَّ عَلَيْكَ ۚسَتَجِدُنِي إِن شَاءَ اللَّـهُ مِنَ الصَّالِحِينَ ۔ سورہ القصص: 27

म यो कदापि चाहन्न कि म तपाईंलाई कुनै कठिनाइमा पारुं यदि अल्लाहले चाहेमा आगामी दिनहरुमा तपाईं मलाइ शोभनीय ब्यक्तिको रुपमा पाउनु हुनेछ।

(स्रोत:सूरः अल-कसस: 27)

यस श्लोकबाट यो प्रष्ट हुन्छ कि तपाईंको ब्यवहार बाट मजदुर लाई कुनै पनि प्रकारको शारीरिक एवं मानसिक कष्ट नपुगोस।उसको कार्य अवधी प्रष्ट हुनु पर्दछ।उसको आरामको समय प्रष्ट हुनु पर्दछ।उसले आराम पनि पाउनु पर्दछ

पैगम्बर मोहम्मद ( वहाँ माथी शान्ति होस) ले बिताउनु भएको जीवन वास्तवमै मानवजातका निम्ति अनुसरणिय रहेको छ।तपाईंले अवलम्बन गरेको ब्यवस्थापन हरेक कालखण्डमा उपयोगी ब्यवस्थाको रुपमा मार्गदर्शन गर्न पर्याप्त छ।चाहे त्यो आर्थिक होस वा सामाजिक।हजरत अनस भन्नू हुन्छ कि म दस वर्ष अवधी सम्म पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही व सल्लमको सेवामा कार्यरत रहें तर यो लामो अवधिमा वहाँले मलाइ गाली गर्नु त टाढैको कुरा मलाइ उफ समेत पनि गर्नु भएन।वहाँ ले मलाइ कहिल्यै यति पनि भन्नू भएन कि तिमिले यसो किन गर्यौ? यसो किन गरेनौं ?

पैगम्बर मोहम्मद ( वहाँ माथी शान्ति होस) ले बिताउनु भएको जीवन वास्तवमै मानवजातका निम्ति अनुसरणिय रहेको छ।तपाईंले अवलम्बन गरेको ब्यवस्थापन हरेक कालखण्डमा उपयोगी ब्यवस्थाको रुपमा मार्गदर्शन गर्न पर्याप्त छ।चाहे त्यो आर्थिक होस वा सामाजिक।हजरत अनस भन्नू हुन्छ कि म दस वर्ष अवधी सम्म पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही व सल्लमको सेवामा कार्यरत रहें तर यो लामो अवधिमा वहाँले मलाइ गाली गर्नु त टाढैको कुरा मलाइ उफ समेत पनि गर्नु भएन।वहाँ ले मलाइ कहिल्यै यति पनि भन्नू भएन कि तिमिले यसो किन गर्यौ? यसो किन गरेनौं ?
स्रोत:(सही मुस्लिम: 2309)

श्रमिक/मजदुरको जिम्मेवारी र कर्तव्य 

इस्लामी ब्यवस्थाले जहाँ श्रमिक/ मजदुरको कर्तव्य तथा हक अधिकार बताएको छ त्यहीँ उनीहरुमाथी केही दायित्व पनि बोध गराएको छ।जसलाई पवित्र कुरआनले संक्षिप्तमा यसरी संकेत गरेको छ:..

قَالَتْ إِحْدَاهُمَا يَا أَبَتِ اسْتَأْجِرْهُ ۖ إِنَّ خَيْرَ مَنِ اسْتَأْجَرْتَ الْقَوِيُّ الْأَمِينُ ۔ سورہ القصص: 26

“यिनिहरु मध्ये एकले भन्यो बुवा हजुर!तपाईं उनलाइ श्रमिकको रुपमा राख्नुस!किन कि तपाईं जस्लाइ श्रमिक /मजदुरको राख्नु हुन्छ त्यो मध्ये सबै भन्दा सबैभन्दा उत्तम त्यो हो जो बलियो र बिश्वासिलो होस।

स्रोत:(सूरः अल-कसस: 26)

यसबाट यो कुरा स्पस्ट भयो कि मजदुरको जिम्मेवारी हुन आउँछ कि उ कामको क्षमता राखोस।उसमा कामको योग्यता हुनु पर्दछ।कामलाइ सहि ढंगले समापन गर्न सक्ने हुनु पर्दछ।समयको सदुपयोग गर्ने पनि हुनु पर्दछ।कर्तव्यबोध गर्ने हुनु पर्दछ।

स्वयं पैगम्बर मोहम्मद( वहाँ माथी शान्ति होस) ले भन्नू भएको छ कि अल्लाह यो कुरा मन पराउदछन कि तिमी मध्ये कसैले कुनै कार्य गरोस त त्यसलाइ उत्कृष्ट ढंगबाट गरोस।

 إنَّ اللهَ تعالى يُحِبُّ إذا عمِلَ أحدُكمْ عملًا أنْ يُتقِنَهُ ۔ صحيح الجامع

(स्रोत:सहीहुल जामिअ़: 1880)

यिनै थिए अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा मैले राख्नु पर्ने मेरा कुराहरु।तर यो कुरा पनि बुझ्नु पर्दछ कि इस्लाम मजदुर तथा श्रमिकको हक हितमा वर्ष को एक दिन उत्वस मनाउने कार्यको कत्तिपनी समर्थन गर्दैन।इस्लाम त हरेक अवसरमा हर मोडमा श्रमिक अधिकार पालना गर्ने निर्देशन गर्दछ।आफ्ना निर्देशन बाट श्रमिकको दायित्व र कर्तव्यबोध गराउदछ।मजदुर लाई यस संङ्ग कुनै सरोकार छैन कि उसको नाममा र उसको अधिकारको नाममा कुनै उत्सव मनाइयोस।उसको सरोकार मात्र उसले पाउने ज्याला र उसले पाउनु पर्ने अधिकार संङ्ग रहन्छ।यदि श्रमिक अधिकारको सम्बन्धमा इस्लामी ब्यवस्था र निर्देशनलाई अनुसरण गर्ने हो भने हाम्रो समाजमा शान्ति स्थापनामा बल पुग्ने थियो।लुटपाट र अन्याय बाट मुक्ति प्राप्त गर्न मद्द्त मिल्ने थियोे।फलस्वरूप बिश्व समाजमा न्याय तथा सबैको अधिकार सुरक्षाको प्रत्याभूति गर्न सकिने थियोे।

मोहम्मद रमजान अली मियां

राष्ट्रिय मानव अधिकार समिति

दोहा, कतार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button