केपी शर्मा ओलीले गरे आत्मालोचना, वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधिसभा चुनावको उम्मेदवार बनाउने भएको छ र आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गाैतमलाई उपयुक्त समयमा उम्मेदवार बनाएर प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको र उहाँ प्रतिनिधिसभामा पुगेपछि प्रधानमन्त्री बन्ने बाटो स्वभाविक रुपमा खुला हुने बैठकले निष्कर्ष निकालेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन् ।