नेपालगञ्जमा बिहिवारसम्म कर्फ्यू

लगातार कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढ्दै गएपछि बाँके प्रशासनले भोलि (मंगलबार) देखि तीन दिन बिहिवारसम्म नेपालगञ्ज उपमहानगरपालिकामा निषेधज्ञा (कर्फ्यू) लगाएको छ ।
लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले कर्फ्यू लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।