आज ९५१ जनामा कोरोना भाइरस देखियो

कतारमा पछिल्लो २४ घण्टामा २९६७ जनामा जाँच गर्दा थप ९५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने ११४ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १७,१४२ पुगेको छ ।

हालसम्म १,९२४ जना निको भएर घर फर्किएका छन् भने १५२०६ जना उपचारत छन् । आज सम्म १०९७६२ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button