सनैया क्षेत्रको लकडाउन केहि प्रावधान सहित खुल्यो

सनैया क्षेत्रको लकडाउन केहि प्रावधान सहित खुलेको छ । सरकारी सञ्चार कार्यालयले सुचना जारी गर्दै बुधबार देखि स्ट्रीट नम्बर १ देखि ३२ सम्मको क्षेत्रमा जान र आउन केहि प्रावधान सहित अनुमति दिएको छ ।
निर्णय अनुसार यस क्षेत्र भित्र काम गर्ने तथा बाहिर बस्ने र त्यस क्षेत्र भित्र बस्ने तथा बाहिर काम गर्ने कामदारका लागि मात्र आवतजावत गर्न दिईनेछ । साथै आवतजावत गर्न मन्त्रालयको एतेराज एप (Ehteraz App) डाउनलोड गर्न अनिवार्य रहेको छ ।
यस क्षेत्र भित्र भएका कम्पनीले सामान ल्याउन बाणिज्य तथा उद्योग मन्त्रालय र प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।
Government Communications Office statement on the reopening of Industrial Area with reorganized exit and entry.https://t.co/y7P7Iyvh7s
— مكتب الاتصال الحكومي (@GCOQatar) May 5, 2020
कम्पनीले कामदारलाई उचित व्यबस्थाका साथ राख्नुपर्ने,बसमा आधा सिटमा मात्र कामदार चढाउनु पर्ने मास्क र स्यानिटाइजर दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
एतेराज एप (Ehteraz App) एन्द्रोइड फोनहरुमा डाउन्लोड गर्न यहाँ थिच्नुहोस ।