कतारमा कोरोना भाइरस : निको हुनेको संख्या दुई हजार कट्याे

कतारमा पछिल्लो २४ घण्टामा ३,२०१ जनामा जाँच गर्दा थप ८३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने १४६ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १७,९७२ पुगेको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/I8FvdrM1zW— وزارة الصحة العامة (@MOPHQatar) May 6, 2020
हालसम्म २०७० जना निको भएर घर फर्किएका छन् भने १५,८९० जना उपचारत छन् । आज सम्म १,१२,९६३ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १२ जनाको मृत्यु भएको छ ।
सनैया क्षेत्रको लकडाउन केहि प्रावधान सहित आज देखी खुलेको छ । सरकारी सञ्चार कार्यालयले सुचना जारी गर्दै बुधबार देखि स्ट्रीट नम्बर १ देखि ३२ सम्मको क्षेत्रमा जान र आउन केहि प्रावधान सहित अनुमति दिएको छ ।
निर्णय अनुसार यस क्षेत्र भित्र काम गर्ने तथा बाहिर बस्ने र त्यस क्षेत्र भित्र बस्ने तथा बाहिर काम गर्ने कामदारका लागि मात्र आवतजावत गर्न दिईनेछ । साथै आवतजावत गर्न मन्त्रालयको एतेराज एप (Ehteraz App) डाउनलोड गर्न र उक्त एप अनिवार्य सकृय राख्नुपर्ने छ ।
साथै यस क्षेत्र भित्र भएका कम्पनीले सामान ल्याउन बाणिज्य तथा उद्योग मन्त्रालय र प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।