कतारमा कोरोना : १,३११ जनामा संक्रमण, संक्रमितको संख्या बीस हजार नाघ्यो

आज मिती २०७७ वैशाख २६ गते शुक्रवार २०२० मे ८ तारिख, रमदानको पन्ध्रौं दिन ।
कतारमा पछिल्लो २४ घण्टामा ३,९६३ जनामा जाँच गर्दा थप १,३११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ । यो हाल सम्मकै उच्च संक्रमितको संख्या हो । त्यस्तै आज थप ८४ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । आजको संक्रमितको संख्या संगै कतारमा भाइरस संक्रमितको कुल संख्या २०,२०१ पुगेको छ ।
हालसम्म २,३७० जना निको भएर घर फर्किएका छन् भने १७,८१९ जना उपचारत छन् । आज सम्म १,२०,४५८ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १२ जनाको मृत्यु भएको छ ।
ग्राफमा
[COVID19-GRAPH country=”Qatar” title=”कतार ” confirmed_title=”संक्रमित” deaths_title=”मृत्यु” recovered_title=”निको हुने”]
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/79ORC2IHac— وزارة الصحة العامة (@MOPHQatar) May 8, 2020
नेपालमा के छ अवस्था ?
(यो समाचार तयार पार्दा सम्मकुल संक्रमित र मृत्युहुने को संख्या )
कुल संक्रमित १०२ जना | निको हुने ३० जना | १५,६२४ क्वारेन्टाइनमा | १३५ आइसोलेसनमा | ० मृत्यु
गल्फमा कहाँ कती भए
(क्युएनखबरले यो समाचार तयार पार्दासम्म कुलसंक्रमित, निको हुने र मृत्युहुने को संख्या)
१-साउदी अरेबिया——- ३३,७३१ / निको हुने ७,७९८ / मृतक संख्या २१९
२-संयुक्त अरब इमिरेट्स- १६,७९३ / निको हुने ३,८३७ / मृतक संख्या १७४
३-कुवेत—————– ७,२०८ / निको हुने २,४६६ / मृतक संख्या ४७
४-बहराइन ————- ४,४०४ / निको हुने २,०२७ / मृतक संख्या ८
५-ओमान —————३,११२ / निको हुने १,०२५ / मृतक संख्या १५
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
रमदान महिना भर
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।