सरकारी क्षेत्रलाई इदमा ५ दिन बिदा,निजिलाई ३ दिन

क्युएनए
इस्लाम धर्मावलम्बीहरूको महान चाड “इद अल अधा” को अवसरमा सरकारी क्षेत्रमा पछिल्लो वर्ष जस्तै यो वर्ष पनि जम्मा ५ दिन बिदा हुनेभएको छ। सरकारी कार्यालय,मन्त्रालय तथा अन्य सार्वजनिक क्षेत्र भित्र पर्ने सम्पूर्ण कार्यालयहरूमा बिदा अगस्ट ११ आइतबार देखि अगस्ट १५ बिहिबार सम्म हुने अमिरी दिवानले आज सूचना प्रकाशित गर्दै जानकारी गराएको हो।
सम्पूर्ण सरकारी कर्मचारीहरुले अगस्ट १८ आइतबार बाट काम सुचारु गर्नेछन्।
त्यस्तै गरी कतार केन्द्रीय बैंक(क्युसिबी) अन्तर्गत पर्ने बैंक,वित्तीय संस्था लगायत अन्यको बिदा भने क्युसिबीले तोक्नेछ । ।
निजी क्षेत्र
इद अल अधाको अवसरमा कतारमा निजी क्षेत्रका कामदारहरुले कम्तीमा तीन दिन बिदा पाउने श्रम कानूनको धारा ७८ मा उल्लेख गरिएको छ।यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा इदको पहिलो दिन अनिवार्य बिदा र बाँकी दुई दिन काम लगाए ओभरटाइम दिनुपर्ने नियम रहेको छ।