नेपालमा कोरोना : थप ७ जनामा देखिए संगै संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा आज (शनिबार) थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुर भुल्केका १८,४५ र ६५ वर्षका महिला,कपिलवस्तुका २ जना १८ र एक जना १७ वर्षका तथा पर्सा छपकैयाका ६२ वषरउका पुरुषमा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।