बिज्ञापन

कर्वाले बुकिङ र प्रविधि सेवा शुल्क हटायो

मोवासलत कम्पनी अन्तर्गतको कर्वा ट्याक्सीले बुकिङ शुल्क हटाएको छ।

यसअघि दोहा वरपर टेलिफोन मार्फत गरिने बुकिङ शुल्क ५ र हमाद विमानस्थल सम्मको ८ रियाल आज जुलाई १५ बाट फिर्ता गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै कम्पनीले ट्याक्सीमा प्रयोग गरिने इन्टरनेट सेवा खर्च उठाउन गत फेब्रुअरी बाट शुरू गरेको प्रविधि सेवा शुल्क (टेक्नोलोजी सर्भिस चार्ज) १ रियाल पनि आजै बाट हटाएको छ। यद्यपि हटाइएको शुल्क कहिले सम्मको लागि भनेर कम्पनीले खुलाएको छैन।

मोवासलत ( कर्वा) कतारमा सर्वसाधारणको लागि प्रदान गरिएको यातायात सुविधाको प्रमुख कम्पनी हो। यसले हाल ४ हजार ट्याक्सी सँगै ४२०० बस सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीमा ५४ राष्ट्रका जम्मा ७ हजार कामदार कार्यरत छन् ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button