एकै दिन एघार सय तीस जना संक्रमित भेटिए

कतारमा पछिल्लो २४ घण्टामा ४०९६ जनामा जाँच गर्दा थप १,१३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको, १२९ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २१,३३१ पुगेको छ ।
आज मृत्यु हुनेमा ५२ वर्षीय व्यक्ति रहेका छन् । सरकारको उच्च सतर्कता र व्यापक जाँचका कारण कतारमा यतिखेर भाइरसको अवस्था उत्कर्षमा पुगेको छ । साथै केहि दिन पश्चात संक्रमितको संख्या ओरालो लाग्ने मन्त्रालयले बताएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/bofLfi1H9u— وزارة الصحة العامة (@MOPHQatar) May 9, 2020
हालसम्म २४९९ जना निको भएर घर फर्किएका छन् भने १८,८१९ जना उपचारत छन् । आज सम्म १,२४,५५४ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १३ जनाको मृत्यु भएको छ ।