सनैया क्षेत्र जान/आउन एह्तेराज एप अनिवार्य

गत बुधबारदेखि सनैया क्षेत्रको लकडाउन केहि प्रावधान सहित खुलेको छ । सरकारी सञ्चार कार्यालयले सुचना जारी गर्दै स्ट्रीट नम्बर १ देखि ३२ सम्मको क्षेत्रमा जान र आउन केहि प्रावधान सहित अनुमति दिएको थियो । सरकारले त्यस क्षेत्रको बाँकी स्थानमा पनि अहिले निगरानी बढाएको छ ।
सनैया क्षेत्र प्रवेश/प्रस्थान गर्ने गेट

निर्णय अनुसार यस क्षेत्र भित्र काम गर्ने तथा बाहिर बस्ने र त्यस क्षेत्र भित्र बस्ने तथा बाहिर काम गर्ने कामदारका लागि मात्र आवतजावत गर्न दिईनेछ । साथै आवतजावत गर्न मन्त्रालयको एह्तेराज एप (Ehteraz App) डाउनलोड गर्न अनिवार्य रहेको छ । उक्त एपलाई ब्लूतूत अन गरी सकृय राखिराख्नु पर्नेछ । एप डाउनलोड नगरेका र डाउनलोड गर्न नमिल्ने मोबाइल बोक्नेहरुलाई बाहिर निस्किन दिइने छैन ।
यस क्षेत्र भित्र भएका कम्पनीले सामान ल्याउन बाणिज्य तथा उद्योग मन्त्रालय र प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।
कम्पनीले कामदारलाई उचित व्यबस्थाका साथ राख्नुपर्ने,बसमा आधा सिटमा मात्र कामदार चढाउनु पर्ने मास्क र स्यानिटाइजर दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
एह्तेराज एप (Ehteraz App) एन्ड्राेइड फोनहरुमा डाउनलोड गर्न यहाँ थिच्नुहोस ।