बिज्ञापन

नेपालमा कोरोना: फेरी थप १३ जनामा संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो

नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका–६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना रहेका छन् ।

सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालका कुल सङ्क्रमितको सङ्ख्या १३४ पुगेको छ । आज एकै दिन २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बिहान १० र दिउँसो एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । – नारायणी अन्लाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!