क्युएनखबरले शुक्रवार जनसरोकारमा सम्वाद कार्यक्रम गर्दै

कोरोना भाइरस र कतारमा रहेका नेपालीको अवस्था तथा सहयोगको लागि क्युएनखबरले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार  दिउँसो ४ बजे कतारस्थित नेपाली राजदूतावास, गैर आवासिय नेपाली संघ, स्वास्थ्यकर्मी , कानुन तथा मानवअधिकारकर्मी संग विशेष सम्वाद गर्ने भएको हो । कार्यक्रममा पछिल्लो घटनाक्रम र चासो का विषयमा बहस तथा छलफल हुनेछ ।

कोरोना भाइरस र यसको प्रभावका कारण समस्यामा रहेका नेपालीहरु लाई विशेष सम्वोधन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको रेडियोले जनाएको छ । भिडियो कन्फेरेन्स मार्फत गरिने कार्यक्रममा दर्शक तथा श्रोताका प्रश्न,जिज्ञासा तथा प्रतिक्रिया पनि समावेश गरिनेछ ।

कार्यक्रम क्युएनरेडियो, क्युएनखबर डट कम तथा क्युएनखबरको अफिसियल फेसबुक पेज बाट प्रत्यक्ष प्रसारण हुनेछ ।

विश्वभर फैलिएको महामारीका कारण मुलुक लकडाउनमा भएका बेला के कसरी जनस्तरमा सेवा र सूचना सम्प्रेषण तथा उद्दार मा समन्वय गर्न सकिन्छ भन्ने विषयमा बहस केन्द्रित रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button