आज १,१५३ जनामा भाइरस देखियो

पछिल्लो समय कतारमा कोरोनाको संक्रमण बढ्दो अवस्थामा छ । पछिल्लो २४ घण्टामा ४,२३५ जनालाई जाँच गर्दा थप १,१५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १९० जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २९,४२५ पुगेको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/3cvheW0rNR— وزارة الصحة العامة (@MOPHQatar) May 15, 2020
सरकारको व्यापक जाँचका कारण कतारमा यतिखेर भाइरसको अवस्था उत्कर्षमा पुगेको छ । साथै केहि दिन पश्चात संक्रमितको संख्या बिस्तारै ओरालो लाग्ने मन्त्रालयले बताएको छ ।
हालसम्म ३,५४६ जना निको भएर घर फर्किएका छन् भने २५,८६५ जना उपचारत छन् । आज सम्म १,४८,१७३ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १४ जनाको मृत्यु भईसकेको छ ।
कोरोना भाइरस र कतारमा रहेका नेपालीको अवस्था तथा सरोकारका विषयमा क्युएनखबरले अहिले ४ बजे एक विशेष कार्यक्रम आयोजना गर्दैछ । कतारस्थित नेपाली राजदूतावास, गैर आवासिय नेपाली संघ, स्वास्थकर्मी र कानुन तथा मानवअधिकारकर्मी संग कार्यक्रममा विशेष सम्वाद रहनेछ ।
हेर्न नछुटाउनुहोला !!