बिज्ञापन

क्युएन रेडियोले आज ९ बजे पछी हरेक शुक्रवार ‘रेगिस्तान साहित्य’ कार्यक्रम सुरु गर्दै

अनिल मगर, दोहा

कतारमा रहेको नेपाली रेडियो क्युएन रेडियो ले आज बाट कार्यक्रम प्रसारण सुरु गर्ने भएको छ ।  कोरोना भाइरसको संक्रमण लाई मध्यनजर गर्दै कोरोना विशेष लाइभ अपाडेट बुलेटिन प्रसारण गर्दै आएको रेडियो ले आज बाट बिदेश्मा नेपाली साहित्य र सिर्जना लाई पहिलो प्राथमिकता दिएर कार्यक्रम प्रसारण गर्ने भएको हो । रेगिस्तान साहित्य को नाम ले प्रसारण हुने कार्यक्रम बाट कतार सगै अन्य मुलुकमा रहेका साहित्यकार हरुको सिर्जना समेट्नु का साथै नेपाली भाषा र साहित्यमा टेवा पुग्ने आशा गरिएको छ ।

बिदेशी माटोमा आफ्नो उत्पादनको नेपाली अनलाइन रेडियो र नेपाली कार्यक्रम संचालन हुदा नेपाली समुदाय लाई फाइदा पुग्ने सुचना प्रवाह र मनोरञ्जन मा अपनत्व महसुस हुने भएकाले अब नेपाली कार्यक्रम हरु पनि सुरु गरिएको अनलाइन रेडियोका प्रबन्ध निर्देशक निमा भुषालले बताउनु भयो ।

कार्यक्रम रेगिस्तान साहित्य लामो समय देखि नेपाली सन्चारमा स्थापित रेडियोकर्मी बिजयराज अधिकारी ले सन्चालन गर्नु हुनेछ । एक दशक लामो पत्रकारिता सगै कार्यक्रम उत्पादन र प्रसारणमा अनुभबी अधिकारी नेपाल को कालिका एफ एम का समाचार प्रमुख पनि थिए ।

कार्यक्रम आज बेलुका ९ बजे देखि प्रसारण हुनेछ । कार्यक्रम क्युएन रेडियो , क्युएन खबर डट कम , र क्युएन खबरको फेसबुक पेज बाट पनि सुन्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button