धेरै पछी सन्तोष लामा आए ”कोन्ज्योसोमको कसम” लिएर


कुमार र छुल्ठिम सन्तोषको ”कोन्ज्योसोमको कसम’ ‘मा दोस्रो नेपाली सन्तोष लामाको नयाँ गीत ”कोन्ज्योसोमको कसम” सार्बजनिक भएको छ । सोमबार राती लामाले आफ्नै युट्युब च्यानल मार्फत तामाङ सेलो पप ”कोन्ज्योसोमको कसम”लाइ रिलिज गरेका हुन् ।
सन्तोषको आफ्नै शब्द र संगीत रहेको गीतमा चांद सिङको संगीत संयोजन रहेको छ । ”कोन्ज्योसोमको कसम”को म्युजिक भिडियोमा नायिका छुल्ठिम गुरुङको साथमा तामाङ फिल्मका चर्चित हिरो कुमार मोक्तान र बिशाल लामाको अभिनय हेर्न सकिन्छ ।
भिडियोमा एक युबकले सुन्दरी केटी मैच्याङ्ग को विभिन्न शारीरिक सुन्दरता र राम्रो आनीबानीको बयान गरिएको भावलाई देखाइएको छ जसको निर्देशन सुमन लामाले गरेका हुन ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र निशान घिमिरेको सम्पादन रहेको भिडियोलाइ एक गुम्बामा खिचिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो