आज २०० जना संक्रमित थपिए,थप २ को मृत्युु

गएको २४ घण्टामा २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको २१८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १८२ जना स्थानीय र १८ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२८,८०३ पुगेको छ ।
भाइरसको कारण आज थप २ जनाको ज्यान पनि गएको छ ।स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,४१६ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २२२ रहेको छ र निको हुनेको संख्या १,२५,८०२ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३६ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ४०१ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५५ जना
आज सम्म जाँच भएको संख्या – ८,५५,१५४ जना
अझै निको हुन बाँकीको संख्या : २,७७९ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।