आज १,३६५ जनाको रिपोर्ट पोजेटिभ

पछिल्लो २४ घण्टामा ४,१२५ जनामा गरिएको परिक्षणमा थप १,३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ५२९ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ३३,९६९ पुगेको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/EycGNo4637— وزارة الصحة العامة (@MOPHQatar) May 18, 2020
हालसम्म ४,८९९ जना निको भएर घर फर्किएका छन् भने २९,०५५ जनाले अस्पातलमा स्वास्थ्य सेवा लिइरहेका छन् । जम्मा १७२ बिरामी मध्ये गएको २४ घण्टामा थप १९ जनालाई आइसीयुमा भर्ना गरिएको छ । आज सम्म १,६१,६९५ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १५ जनाको मृत्यु भईसकेको छ ।
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौ
कोरोना भाइरस : कतारमा रहेका कामदारले जान्नैपर्ने कुराहरु