आज जनवरी १९ तारिखको पञ्चाङ्ग

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी १९ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल माघ ५ गते। शुक्रबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, १०:५६ बजेउप्रान्त तृतीया। नक्षत्र– धनिष्ठा, २६:१४ बजेउप्रान्त शतभिषा। योग– सिद्धि, १०:३९ बजेउप्रान्त व्यतीपात। करण– कौलव, १०:५६ बजेदेखि तैतिल, २३:३५ बजेउप्रान्त गर। आनन्दादिमा धाता योग। चन्द्रराशि– मकर, १३:२२ बजेउप्रान्त कुम्भ।
दोहामा सूर्योदयः ०६:२० बजे र दोहामा सूर्यास्तः १७:०८ बजे हुनेछ ।
राहुकालः १०:२४ बजे देखी ११:४४ बजे सम्म । शुभ मुहूर्त : ११:४४ देखि १३:०५ बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २४ डिग्री र न्युनतम तापक्रम १५ डिग्री सेल्सियस बिच रहने छ ।
बिहान पख कुहिरो लागेतापानी बिस्तारै हत्दै जानेछ भने दिउँसो पख केही ठाउँमा बादल रहने र राती जाडो रहनेछ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ १५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.५० कतारी रियाल रहेको थियो ।
