हिजो बसेको मन्त्रीपरिषदको बैठकबाट जारी भएको निर्णयहरु

आन्तरिक तथा प्रधानमन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको नेतृत्वमा हिजो मन्त्रीपरिषदको भिडियो कन्फेरेन्स बैठक सम्पन्न भएको छ ।

बैठक मार्फत १९ मे देखि ३० मे सम्मका लागि देशभरका केही व्यावसायिक गतिविधि बन्द गर्ने निर्णय पारित भएको छ ।

जारी भएको निर्णयहरु :

१.सबै नागरिक तथा स्थानियले शुक्रबार २२ मे देखि लागू हुनगरी घर बाट बाहिर निस्किन अघि एह्तेराज एप डाउनलोड गर्नुपर्ने ।

२. ट्याक्सी,लिमोजिन र घरको निजि सवारीमा चालक सहित दुई जना भन्दा बढीले यात्रा गर्न नपाउने । कम्पनीको बसमा सीट क्षमता भन्दा आधालाई मात्र चढाउन पाउने ।

३. अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, भिड बनाउन नपाउने र सामाजिक दुरि कायम राख्नुपर्ने ।

इदमा अनिवार्य तीन दिन बिदा

सरकारले यो वर्षको इदमा निजि क्षेत्रले अनिवार्य रुपमा कम्तीमा तीन दिन बिदा दिनुपर्ने निर्णय गरेको छ ।

निर्णय अनुसार बन्द नहुने गतिविधिहरु :

१. फुड अाउटलेटहरु जस्तै सपिङ कम्प्लेक्स,सुपर मार्केट,ग्रोसरी,तरकारी तथा फलफुल पसल,रेस्टुरेन्ट(डेलिभरी मात्र),मिठाई पसल,बेकरी आदि )

२. फार्मेसी,क्लिनिक (अन्यको लागि स्वास्थ्य मन्त्रालयले निर्धारण गर्ने )

३. पेट्रोल स्टेशन र डिलर कम्पनीले संचालन गरेको ग्यारेज ।

४.औद्योगिक क्षेत्रका उद्योग,कन्ट्रयाक्टिङ कम्पनी र साईट ।

५. मेन्टेनेन्स कम्पनी जस्तै प्लम्बर र विधुतिय सेवा ।

६. एक्सचेञ्ज घर तथा बैंक

७.मोबाईल एप बाट चल्ने डेलिभरी कम्पनी ।

नियम उल्लंघन गरे

सरकारले जारी गरेको नियम उल्लंघन गरेको भेटिए सन्  १९९० को सरुवा रोग नियन्त्रणको कानुन नम्बर १९ बमोजिम दुई लाख रियाल सम्मको जरिवाना र तीन वर्षको जेल सजाय मध्ये कुनै एक हुने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button