नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

नेपालमा आज बिहान १७ जना कोरोना संक्रमित थपिए थपिए संगै कुल संक्रमितको संख्या ४४४ पुगेको छ । वि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण देखिएको हो ।
नयाँ थपिएका मध्य १५ जना झापाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँ पालिका ३,६ र ८ का १८,१८,१९,१९,२२,२३,२३,२५,२६,२६,२८,३०,३२,३७ र ४६ बर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ यस्तै अन्य २ जना धनकुटाका ३४ बर्षिय पुरुष र धरानका ५१ बर्षिया महिला रहेका छन् । यो सँगै नेपालमा कोरोन संक्रमितको संख्या ४४४ पुगेको छ । अहिलेसम्म कोरोनाको कारण २ जनाको ज्यान गएको छ ।