नेपालमा कोरोना : थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो

नेपालमा आज थप एकजनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको आज बिहीबार मृत्यु भएको पुष्टि गरेको छ ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका छन् ।  उनलाई बचाउन अनाकौं प्रयास गरेपनि बचाउन नसकिएकोमा सरकार दुःखी भएको उनको विज्ञप्तिमा उल्लेख छ । गुल्मीकाे एक  विद्यालयका प्राधानाध्यापक समेत रहेका उनको मृत्युले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । ती शिक्षकमा गत जेठ ५ गते कोरोना संक्तमण पुष्टि भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button