आज १,५५४ जनाको रिपोर्ट पोजेटिभ,एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५,०४५ जनामा गरिएको परिक्षणमा थप १,५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको,६८८ जनालाई निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ३८,६५१ पुगेको छ । आज मृत्यु हुने ८१ वर्षीय स्थानिय नागरिक रहेका छन् ।

हालसम्म ७,२८८ जना निको भएर घर फर्किएका छन् भने १,५५५ जनाले अस्पतालमा स्वास्थ्य सेवा लिइरहेका छन्  । जम्मा १७१ बिरामी मध्ये गएको २४ घण्टामा थप २४ जनालाई आइसीयुमा भर्ना गरिएको छ । आज सम्म १,७०,४३७ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १७ जनाको मृत्यु भईसकेको छ ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौ
कोरोना भाइरस : कतारमा रहेका कामदारले जान्नैपर्ने कुराहरु

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button