कतारमा कोरोना : आज १,८३० जनामा संक्रमण, थप दुईको मृत्‍यु

कतारमा पछिल्लो २४ घण्टामा ५,१६० जनामा गरिएको परिक्षणमा थप १,८३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६०५ जना निको भएका र दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजको संगै कतारमा भाइरस संक्रमितको संख्या ४०,४८१ पुगेको छ । आज मृत्यु हुने ५० र ४३ वर्षीय व्यक्ति रहेका छन् ।

कतारमा आज सम्म ७,८९३  जना निको भएर घर फर्किएका छन् भने १,७१९ जनाले अस्पातलको प्रत्यक्ष निगरानीमा आपतकालिन स्वास्थ्य सेवा लिइरहेका छन् जस्मा २९४ जना पछिल्लो २४ घण्टामा सेवा लिनेमा पर्दछन् त्यस्तै जम्मा १७५ बिरामी मध्ये गएको २४ घण्टामा थप १३ जनालाई आइसीयुमा भर्ना गरिएको छ । आज सम्म १,८०,६४२ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण आज दुईको मृत्‍यु भए संगै कतारमा हालसम्म मृत्युहुनेको संख्या १९ पुगेको छ ।

कतारमा ३२,५६९ जनामा कोरोना भाइरस अझै सक्रिय अवस्थामा रहीरहेको छ ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौ
कोरोना भाइरस : कतारमा रहेका कामदारले जान्नैपर्ने कुराहरु

आज शुक्रवार २२ मे देखि लागू हुनगरी घर बाट बाहिर निस्किन अघि कतारमा रहने सबैले अनिवार्य एह्तेराज एप डाउनलोड गरी उक्त एपलाई ब्लूतूत अन गरेर सकृय राखिराख्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button