आज १,७३२ जनामा कोरोना भाइरस देखियो,दुई जनाको मृत्यु

कतारमा पछिल्लो २४ घण्टामा ४,१५२ जनामा गरिएको परिक्षणमा थप १,७३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६२० जना निको भएका र दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजको संगै कतारमा भाइरस संक्रमितको संख्या ४२,२१३ पुगेको छ । आज मृत्यु हुने ५५ र ३८ वर्षीय व्यक्ति रहेका छन् ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/2TiVpsBFre— وزارة الصحة العامة (@MOPHQatar) May 23, 2020
कतारमा आज सम्म ८,५१३ जना निको भएर घर फर्किएका छन् भने १,६९४ जनाले अस्पातलको प्रत्यक्ष निगरानीमा आपतकालिन स्वास्थ्य सेवा लिइरहेका छन् जसमा २७२ जना पछिल्लो २४ घण्टामा भर्ना भएका छन् । त्यस्तै जम्मा १७७ बिरामी मध्ये गएको २४ घण्टामा थप १६ जनालाई आइसीयुमा भर्ना गरिएको छ । आज सम्म १,८४,७९४ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण कतारमा हालसम्म मृत्युहुनेको संख्या २१ पुगेको छ ।
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौ
कोरोना भाइरस : कतारमा रहेका कामदारले जान्नैपर्ने कुराहरु
शुक्रवार २२ मे देखि लागू हुनगरी घर बाट बाहिर निस्किन अघि कतारमा रहने सबैले अनिवार्य एह्तेराज एप डाउनलोड गरी उक्त एपलाई ब्लूतूत अन गरेर सकृय राखिराख्नु पर्नेछ ।