सहकारी ठगी प्रकरणः पूर्व डिआइजी जोशीको चितवनमा पनि बयान लिन सुरु

चितवन, मंसिर १६-
सहकारी रकम अपचलन आरोपमा पूर्व डिआइजी छविलाल जोशीको चितवनमा पनि बयान लिन सुरु भएको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा आइतबार जिल्ला सरकारी वकिल कार्यालय, चितवनले जोशीसँग प्रारम्भिक बयान लिएको हो।
जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार आज दिउँसो साढे २ बजेदेखि साढे ४ बजेसम्म जोशीको प्रारम्भिक बयान लिइएको छ। उनका अनुसार जोशीसहित अन्य अभियुक्त रामबहादुर खनालको बयान भोलिसम्म सकिनेछ।
साहारा चितवनका २४ जना पीडितले मंसिर ५ गते जिल्ला प्रहरी कार्यालय, चितवनमा पूरक जाहेरी दर्ता गरेका थिए। उक्त जाहेरीको आधारमा जिल्ला अदालत, चितवनले मंसिर ७ गते जोशीको पक्राउ स्वीकृति दिएको थियो।
यसै मुद्दामा नेचर हर्ब्स इन्टरनेशनल प्रालिका शेयरधनी रामबहादुर खनालको पनि बयान लिइएको छ। प्रारम्भिक बयान प्रक्रिया सकिएपछि काठमाडौंबाट रवि लामिछानेलाई पनि चितवन ल्याउने तयारी गरिएको छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।